केन्द्रीय पदाधिकारी बैठकले मंसिर अन्तिम साता विशेष महाधिवेशन गर्ने निर्णय गरेको हो ।
काठमाडौँ — माओवादीले मंसिर अन्तिम साता विशेष महाधिवेशन गर्ने भएको छ ।
केन्द्रीय पदाधिकारी बैठकले मंसिर अन्तिम साता विशेष महाधिवेशन गर्ने निर्णय गरेको हो ।
उपमहासचिव वर्षमान पुनले मंसिर अन्तिम साता विशेष महाधिवेशन गर्ने प्रस्ताव पारित भएको बताए ।
‘मंसिर अन्तिम साता विशेष महाधिवेशन गर्न स्थायी र केन्द्रीय कमिटीमा प्रस्ताव लैजाने निर्णय भएको छ,’ उनले भने, ‘यो महाधिवेशनले युवा पुस्तामा नेतृत्व लाने गरी निर्णय गर्छौँ ।’