मुग्लिन-नारायणगढ सडक एकतर्फी खुल्यो

तत्कालका लागि एकतर्फी गाडी सञ्चालन गर्ने र अस्तिदेखि नै रोकिएका गाडीहरू पार गराएपछि दुईतर्फी बाटो खोल्ने योजना

आश्विन ५, २०८२

रमेशकुमार पौडेल

Muglin-Narayangadh road opened one way

चितवन — शुक्रबार साँझदेखि पहिरोले अवरूद्ध नारायणगढ-मुग्लिन सडक आइतबार दिउँसोदेखि सञ्चालनमा आएको छ । मुग्लिननजिक तुइनखोलामा सुख्खा पहिरो आएपछि शुक्रबार साँझदेखि नै सडकमा हजारौँ गाडी र यात्रु जाममा परेका छन् ।

भरतपुर डिभिजन सडक कार्यालयले चालकहरूलाई लेन अनुशासनमा रहेर गाडी चलाउन अपिल गरेको छ । पहिरो सफा गरे पनि सो क्षत्रमा ढुंगा झर्ने जोखिम कायमै छ ।

तत्कालका लागि एकतर्फी गाडी सञ्चालन गर्ने र अस्तिदेखि नै रोकिएका गाडीहरू पार गराएपछि दुईतर्फी बाटो खोल्ने योजना रहेको डिभिजन सडक कार्यालयका इन्जिनियर अर्जुन घिमिरेले जानकारी दिएका छन् ।

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully