मन्त्रिपरिषद् विस्तार आजै, ७ जनाको नाम राष्ट्रपति कार्यालय पठाइँदै

जेन-जी समूहलाई समेत समेटेर प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् । 

आश्विन ५, २०८२

कान्तिपुर संवाददाता

Cabinet expansion today, 7 names are being sent to the President's office

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले आजै मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छिन् । जेन-जी समूहलाई समेत समेटेर उनले मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् । 

'मन्त्री बन्नेहरूको कागजात संकलन भइरहेको छ । त्यसपछि ७ जनाको नाम राष्ट्रपति कार्यालय पठाइने छ,' प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले भने,' उनीहरूको नाम आजै साँझ बस्ने मन्त्रिपरिषद् बैठकमा उल्लेख गरिनेछ ।'

राष्ट्रपति कार्यालयले पनि मन्त्रीहरूको नामावली आउने जानकारी प्राप्त भइसकेको पुष्टि गरेको छ । यद्यपि कस-कसको नाम आउँछ भन्नेबारे भने केही जानकारी प्राप्त नभएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

कान्तिपुर

Link copied successfully