हमासले सार्वजनिक गर्‍यो विपिन जोशीसहित ४८ बन्धकको ‘बिदाइ तस्बिर’ 

हमासको कसाम ब्रिगेड्सले सार्वजनिक गरे पनि उनीहरुको अवस्था र विस्तृत विवरण खुलाइएको छैन ।

आश्विन ४, २०८२

होम कार्की

Hamas releases 'farewell photos' of 48 hostages including Bipin Joshi

काठमाडौँ — प्यालेस्टिनी विद्रोही लडाकु हमासले आफ्नो नियन्त्रणमा रहेको विपिन जोशीसहित ४८ जना बन्धकको ‘बिदाइ तस्बिर’भन्दै शनिबार सार्वजनिक गरेको छ ।

दोहा मुख्यालय रहेको अलजजिरा अनलाइनका अनुसार हमासको कसाम ब्रिगेड्सले सार्वजनिक गरे पनि उनीहरुको अवस्था र विस्तृत विवरण खुलाइएको छैन । प्रत्येकलाई १९८६ मा लेबनानमा हराएका इजरायली वायुसेनाका कप्तान रोन अराडको नाम राखिएको छ ।

इजरायलले गाजा क्षेत्रमा सैन्य आक्रमण तीव्र बनाइरहेको अगाडि बढिरहेको बेला बन्धकहरुको जीवन जोखिममा रहेको भन्दै हमासले बिदाइ तस्बिर सार्वजनिक गरेको हो ।

विपिनसहित ४८ जना ७ अक्टोबर २०२३ देखि हमासको नियन्त्रणमा छ ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully