भक्तपुरको गुण्डुमा सरे पूर्वप्रधानमन्त्री ओली

जेनजी विद्रोहमा हिंसा भड्किएर पदबाट राजीनामा दिएका ओलीलाई २४ भदौमा बालुवाटारबाट सेनाले हेलिकोप्टरमा ब्यारेकमा लगेर सुरक्षित राखेको थियो ।

आश्विन २, २०८२

कान्तिपुर संवाददाता

Former Prime Minister Oli moved to Gundu in Bhaktapur

काठमाडौँ — पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरको सुर्यविनायक नगरपालिका-७ गुण्डुमा सरेका छन् ।

जेनजी विद्रोहमा हिंसा भड्किएर पदबाट राजीनामा दिएका ओलीलाई २४ भदौमा बालुवाटारबाट सेनाले हेलिकोप्टरमा ब्यारेकमा लगेर सुरक्षित राखेको थियो । 

ओली बिहीबार ब्यारेकबाट निस्किएर भाडामा गुण्डु सरेका हुन् । आन्दोलनको क्रममा एमालेका अध्यक्षसमेत रहेका ओलीको बालकोटमा रहेको निवास आगजनी तथा तोडफोड गरिएको थियो ।    

कान्तिपुर संवाददाता

Link copied successfully