कुलुङको शव ताम्कु ल्याइयो

नेपाली सेनाको हेलिकप्टरले सुरक्षा बेस ताम्कुमा कुलुङको शव ल्याएको हो

आश्विन १, २०८२

दीपेन्द्र शाक्य

Kulung's body was brought to Tamku

संखुवासभा — भदौ २३ र २४ गते काठमाडौंमा भएको जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका संखुवासभा, सिलिचोङ गाउँपालिका–३ का २१ वर्षीय प्रवीण कुलुङको शव बुधबार ल्याइएको छ । मौसमका कारण मंगलबार जिल्ला ल्याउन सकिएको थिएन । 

नेपाली सेनाको हेलिकप्टरले सुरक्षा बेस ताम्कुमा कुलुङको शव ल्याएको हो। शव सिलिचोङ गाउँपालिकाको कार्यालयमा लगिएको इन्द्रदल गुल्मले जनाएको छ । 

दीपेन्द्र

Link copied successfully