प्रधानमन्त्री कार्की नियमित आँखा जाँचका लागि तिलगंगा अस्पतालमा

प्रधानमन्त्रीको आँखाको शल्यक्रियापछि, तिलगंगा अस्पतालमा डा. सन्दुक रुइतले नियमित जाँच गरे।

भाद्र ३१, २०८२

कान्तिपुर संवाददाता

Prime Minister Karki at Tilganga Hospital for routine eye check-up

काठमाडौँ — नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की नियमित आँखा जाँचका लागि तिलगंगा अस्पताल गएकी छन् ।

प्रधानमन्त्री कार्कीले आज तिलगंगा पुगी आँखाको नियमित जाँच गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । वरिष्ठ नेत्रविशेषज्ञ डा सन्दुक रुइतले प्रधानमन्त्री कार्कीको आँखा जाँच गरेको अस्पताल व्यवस्थापनले जनाएको छ ।

आँखाको उपचारका क्रममा तीन महिनाअघि उनको मोतिबिन्दु (आँखाको नानीमा जालो पर्ने एक रोग) को शल्यक्रिया गरिएको थियो ।

प्रधानमन्त्री कार्कीको आँखाको शल्यक्रिया गरेपछि नियमित जाँचका क्रममा तिलगंगा अस्पताल आएको व्यवस्थापनले स्पष्ट गरेको छ ।

कान्तिपुर

Link copied successfully