बालेनले हर्कलाई भने, 'यू आर माई ट्रु लभ'

बालेन भन्छन् : डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एकतर्फी नै सही, तर मेरो माया साँचो हो ।

भाद्र ३१, २०८२

कान्तिपुर संवाददाता

Balen told Herc, 'You are my true love.'

काठमाडौँ — काठमाडौंका मेयर बालेन्द्र शाहले धरानका मेयर हर्क साम्पाङले उठाएका सवालको जवाफ ठट्यौली पारामा फर्काएका छन् । जेन-जी आन्दोलनपछि बाहिर नदेखिएको भन्दै धरानमा मेयर हर्कले निरन्तर फेसबुकमार्फत बालेनलक्षित स्टाटस पोस्ट गरिरहेका थिए । 

त्यसैको जवाफमा बालेनले  आफूलाई जति गाली गरे पनि मेयर हर्कलाई माया गर्न नछाड्ने उल्लेख गरेका हुन् । उनले लेखेका छन्, 'डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एकतर्फी नै सही, तर मेरो माया साँचो हो । You are my true love.❤️'

कान्तिपुर संवाददाता

Link copied successfully