सहादत प्राप्त गर्ने प्रहरीका परिवारलाई निरीक्षकदेखि आईजीपीसम्मको तलबबाट संकलन गरी प्रति परिवार १० लाख राहत दिइने

मंगलबार प्रहरी प्रधान कार्यालयले अमर प्रहरीका परिवारलाई आईजीपीदेखि निरीक्षकसम्मका सकल दर्जाको मासिक तलबबाट कटाएर उक्त राहत दिने निर्णय गरेको हो ।

भाद्र ३०, २०८२

कान्तिपुर संवाददाता

The families of the policemen receiving assistance will be given a relief of 10 lakhs per family, collected from the salaries of inspectors to IGPs

काठमाडौँ — प्रहरी प्रधान कार्यालयले युवाहरुको आन्दोलन र त्यसपछि भएको प्रदर्शनका क्रममा कर्तव्य पालनाका क्रममा सहादत प्राप्त प्रहरीका परिवारलाई निरीक्षकदेखि आईजीपीसम्मको मासिक तलबबाट संकलन गरी प्रति परिवार १० लाख राहत दिने निर्णय गरेको छ । 

मंगलबार प्रधान कार्यालयले अमर प्रहरीका परिवारलाई आईजीपीदेखि निरीक्षकसम्मका सकल दर्जाको मासिक तलबबाट कटाएर उक्त राहत दिने निर्णय भएको हो । 


जेन–जीको अगुवाईमा भएको आन्दोलन र त्यसपछिको प्रदर्शनका क्रममा प्रहरीका असईसहित तीन जनाले सहादत प्राप्त गरेका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully