आन्दोलनमा निधन हुनेहरुको स्मृतिमा असोज १ गते शोक दिवस मनाइने भएको छ ।
काठमाडौँ — जेन–जीको आन्दोलनका क्रममा निधन भएकाहरुलाई सरकारले सहिद घोषणा गर्दै उनीहरुको राष्ट्रिय सम्मानसहित अन्येष्टि गर्ने भएको छ । यस्तै, उनीहरुको सम्झनामा असोज १ गते शोक दिवस मनाइने भएको छ ।
सोमबार साँझ मन्त्रिपरिषद्को निर्णय सुनाउँदै गृहमन्त्री ओमप्रकाश अर्यालले उक्त कुरा बताएका हुन् ।
यस्तै, मृतकका परिवारलाई १५ लाख रुपैयाँ दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । यसका साथै भदौ २३ र २४ गतेको घटनाका सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गरिने भएको छ ।
यस्तै, उनीहरुको सम्मानमा जेन–जी स्मारकसमेत बनाइने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
