खनाल अर्थमन्त्री, घिसिङलाई ऊर्जासहित तीन मन्त्रालय

भाद्र २९, २०८२

कृष्ण आचार्य

काठमाडौं  — प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्मा दुई सदस्य थपेकी छन् । पूर्वअर्थ सचिवसमेत रहेका रामेश्वर खनालले अर्थमन्त्री र नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले उर्जासहित तीन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्मा दुई सदस्य थपेकी छन् । पूर्वअर्थ सचिवसमेत रहेका रामेश्वर खनालले अर्थमन्त्री र नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले उर्जासहित तीन मन्त्रालयको जिम्मेवारी पाएका छन् । घिसिङले भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

उनीहरुको भोलि सोमबार शपथ हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले बताए ।

कृष्ण आचार्य डेढ दशकभन्दा लामाे समयदेखि पत्रकारितामा सक्रिय कृष्ण आचार्य कान्तिपुर दैनिकका समाचार सम्पादक हुन् ।

Link copied successfully