जेन-जी आन्दोलनमा आगजनी भएको चुच्चेपाटीस्थित भाटभटेनीमा भेटियो ६ वटा शव

भाद्र २९, २०८२

कान्तिपुर संवाददाता

काठमाडौं  — जेन-जी प्रदर्शनका क्रममा गत मंगलबार प्रदर्शनकारीले आगजनी गरेको काठमाडौँको चुच्चेपाटीस्थित भाटभटेनीमा ६ वटा शव भेटिएको छ ।

आगोले जलेर क्षत्‌‌विक्षत् भएको अवस्थामा शव फेला परेका हुन्। यहाँ शुक्रबार एउटा शव भेटिएको थियो भने शनिबार थप पाँच वटा शव भेटिएका हुन्।

आगोले क्षतिग्रस्त भाटभटेनीमा ६ जनाको शव फेला परेको प्रहरी वृत्त गौशालाले जनाएको छ। ती शवको पहिचान गर्न सकिने अवस्था छैन।

शवको डीएनएपछि मात्रै शवको पहिचान गर्न सकिने प्रहरीले जनाएको छ। यहाँ रहेको भाटभटेनीमा पनि तोडफोड र आगजनी भएको थियो ।

कान्तिपुर

Link copied successfully