हवलदार गुरुङको मृत्युपछि परिवारले सहारा गुमायो

भाद्र २८, २०८२

विवेक पोख्रेल

काठमाडौँ — कास्की रुपा गाउँपालिका–५,रामदीका ३१ वर्षका प्रहरी सहायक हवलदार अमृत गुरुङको मंगलबार जेन–जीले अगुवाई गरेको आन्दोलन पछिको प्रदर्शनका क्रममा मृत्यु भएको छ । गुरुङ समुदायको संस्कृति अनुसार उनको कास्कीमा शनिबार अन्त्येष्टि गरिएको छ ।



nnपरिवारका एक मात्र छोरा गुरुङ २०७० असोज १५ गतेदेखि नेपाल प्रहरीको सेवामा थिए । पाल्पा, मुगु, सुर्खेत हुँदै दुई वर्षदेखि काठमाडौंमा कार्यरत थिए । प्रहरी प्रभाग कोटेश्वरमा सेवामा रहेकै समयमा उनलाई प्रदर्शनकारीले कुटपिट गरी मारेका हुन् । उनी भाग्न खोज्दासमेत बाच्न सकेनन् । साढे एक बजे अस्पताल पुर्‍याइएका उनलाई अस्पताले ४ बजेर ४५ मिनेटमा मृत घोषणा गरेको थियो । परिवारले भोलिपल्ट मात्र उनको मृत्युको खबर पाएको हो । 

nn९ महिना अघिमात्र ब्रेन ह्यामरेजका कारण आमाको मृत्यु भएका उनी पारिवारिक ऋणको भारमा पनि थिए । ऋण खोजेर आमाको उपचार गरेका उनको परिवारको २३ लाख जति ऋण छ । सरल र इमानदार गुरुङ आफन्तको घरमा बस्दै आएका थिए । उनकी एक बहिनी र एक दिदीको बिहे भइसकेको छ । पारिवारिक जिम्मेवारीका कारण उनले १० पास भएपछि प्रहरी सेवाको जागिर रोजेको थिए । उनको घरमा एक वर्षका छोरा छन् । बाजे, श्रीमती, बुबाको जिम्मेवारीसँगै बच्चाको लालनपालनको खर्च उनको जिम्मेवारी थियो । उनको मृत्युसँगै घरको मियो ढलेको छ ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully