पोखरा — \'जेन-जी\' आन्दोलनको क्रममा २४ भदौमा जिल्ला प्रहरी कार्यालय कास्कीमा आगजनी गर्दा घाइते भएका एक जना प्रदर्शनकारीको निधन भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ४२ वर्षीय विजय लामाको शनिबार निधन भएको हो । जिल्ला प्रहरी प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार गैह्रापटनमा रहेको प्रहरी कार्यालय आगजनी गर्ने क्रममा लामा घाइते भएका थिए । उनलाई २४ भदौको राति १०:३० बजे प्रदर्शनकारीले नै जलेर घाइते भएको अवस्थामा उपचारको लागि अस्पताल पुर्याएका थिए । पोखरा-१६ का अस्थायी बासिन्दा लामाको स्थायी ठेगाना खुलिसकेको छैन ।
