काठमाडौंको जनजीवन सामान्य बन्दै

भाद्र २८, २०८२

न्युज एजेन्सी नेपाल

काठमाडौं– अन्तरिम सरकार गठनसँगै काठमाडौं उपत्यकासहित देशभरको जनजीवन सामान्य बनेको छ । काठमाडौं उपत्यकामा अहिले जनजीवन सामान्य बन्दै गएको हो । 

सुरक्षार्थ खटिएका नेपाली सेनाहरु अहिले सडकमा छैनन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल एवं ट्राफिक प्रहरीले सडकमा सुरक्षा दिइरहेको छ भने यातायात व्यवस्थापनको काम पनि गरिरहेको छ । 

आम मानिसहरु कार्यालय, आवश्यक कामका लागि सडकमा निस्किएका छन् । होटल, पसलहरु खुलेका छन् । अन्तरिम सरकारको प्रधानमन्त्रीमा शुक्रबार राति सुशीला कार्की नियुक्त भएसँगै अवस्था सामान्य बन्दै गएको छ । 

संसद् विघटन गरी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने मिति घोषणा गरिएको छ । तर राजनीतिक दलहरुले भने संसद् विघटनको विरोध गरिरहेका छन् । 

न्युज

Link copied successfully