विदेश जाने तयारीमा थिए अर्जुन

देशमा व्याप्त भ्रष्टाचार, बेथितिबारे अर्जुन परिवारसँग पनि चिन्ता गर्थे तर जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाए ।

भाद्र २८, २०८२

हरिराम उप्रेती

गोरखा — जेन-जी आन्दोलनको क्रममा निधन भएका गण्डकी गाउँपालिका–४ ढावेका २७ वर्षीय अर्जुन भट्ट वैदेशिक रोजागारीमा जापान जाने योजनामा थिए । जापानी भाषा अध्ययन गरिरहेका अर्जुनले मंगलबार काठमाडौं कालिमाटी प्रहरी वृत्तअघिको प्रदर्शनमा प्रहरीको गोली लागेर ज्यान गुमाए ।

अर्जुन दुई भाइमध्ये कान्छा हुन् । काठमाडौं कीर्तिपुरमा होटल व्यवसाय गर्दै आएका बुवासँगै बसेर उनी भाषा कक्षा लिन्थे । वैदेशिक रोजगारीका लागि करिब डेढ वर्ष दुबईमा बसेर डेढ महिनाअघि मात्र फर्किएका अर्जुनका दुई भाइ नै जेन-जी आन्दोलनमा सहभागी बनेका थिए । ‘बाबु हुर्केको नै काठमाडौं हो,’ उनका आफन्त जितबहादुर भट्टले भने, ‘यस्तो अवस्था छ, घरबाहिर निक्लन हुन्न भन्दा पनि हामी नगए को जान्छ, भनेर जिद्दी गरेर गएछ, प्रहरीले हानेको एउटै गोली तीन जनालाई लागेको थाहा पायौं, सबैभन्दा अघि ऊ नै रहेछ ।’

nn

nn

nn

देशमा व्याप्त भ्रष्टाचार, बेथितिबारे अर्जुन परिवारसँग पनि चिन्ता गर्थे । ‘जेन-जीको टिममा नै रैछ, आन्दोलनमा पनि अंग्रपंक्तिमा थियो रे, गोली लागेपछि सडक नै रगताम्मे बनेको थाहा पायौं,’ जितबहादुरले भने । 

nn

n

n

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully