काठमाडौं–धादिङस्थित गजुरीमा रहेको धादिङ कारागारबाट भागेका कैदीहरुमध्ये ४३ जनालाई नियन्त्रणमा लिइएको नेपाली सेनाले जनाएको छ ।
शुक्रबार सुरक्षा अपडेट जारी गर्दै सेनाले हालसम्म विभिन्न स्थानहरुबाट १ सय ३५ नाल हतियारहरु बराबद भएको बताएको छ ।
त्यस्तै काठमाडौंको महाराजगञ्ज ईलाकामा विभिन्न मोबाइल तथा विदेशी मुद्रासहित दुई जना शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको जनाएको छ ।
झापाको भद्रपुर नगरपालिका वडा नम्बर ८ हस्पिटल चोकमा फेला परेको शंकास्पद वस्तुलाई नेपाली सेनाले सुरक्षित साथ डिस्पोज गरेको सुरक्षा अपेडटमा उल्लेख छ ।
