सोमबार भएको जेनजीको आन्दोलन र मंगलबारको प्रदर्शनका कारण उत्पन्न परिस्थितिपछि देशभरको जनजीवन अझै सहज भइसकेको छैन ।
शुक्रबार पनि धेरैजसो जिल्लामा स्थानीय प्रशासन कर्फ्यू र निशेधाज्ञा जारी गरेको छ । केही जिल्लामा निशेधाज्ञाकै बीच जनजीवन सामान्य बन्दै गएको छ । तीन दिनदेखि बन्द रहेका बजारमा चहलपहल हुन थालेको छ ।
