ललितपुर सारिँदै सडक विभाग, डेटा सेन्टर सुरक्षित

बबरमहलमा रहेको विभागबाट नियमित कामकारबाही गर्न भने नमिल्ने भएपछि चाकुपाटलाई विकल्पमा राखिएको हो ।

भाद्र २७, २०८२

विमल खतिवडा

काठमाडौं — प्रदर्शनका क्रममा मंगलबार बबरमहलस्थित सडक विभागमा आगलागी भएपछि ललितपुरको चाकुपाटबाट कामकारबाही अघि बढाउने गरी तयारी थालिएको छ । बबरमहलमा रहेको विभागबाट नियमित कामकारबाही गर्न भने नमिल्ने भएपछि चाकुपाटलाई विकल्पमा राखिएको हो ।

आगलागीबाट भवन र भित्रका संरचना ध्वस्त भएको विभागले जनाएको छ । २०७२ सालको भूकम्पअघि विभाग बरबमहलमै थियो । भूकम्पले क्षति 

गरेपछि विभाग ललितपुरको चाकुपाट सारिएको थियो । पछि ‘रेक्ट्रो फिट’ गरी भवन तयार पारेर दुई वर्षअघि पुनः चाकुपाटबाट बबरमहलमै विभाग 

सारिएको थियो । 


विमल खतिवडा खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully