कर्णालीबाट ७० कैदीबन्दी फरार

रुकुम पश्चिमबाट भागेका ५० र जुम्लाबाट भागेका ९ जनालाई नियन्त्रणमा लिइएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

भाद्र २७, २०८२

कृष्णप्रसाद गौतम

सुर्खेत — कर्णालीका दुई कारागारबाट भागेका १ सय २९ मध्ये ७० कैदीबन्दी अझै फरार छन् । हतियार र दाउराको प्रयोग गरी मंगलबार दिउँसो रुकुम पश्चिम कारागारबाट ८८ र जुम्ला कारागारबाट मंगलबार राति ११ बजे ४१ जना कैदीबन्दी भागेका थिए ।

रुकुम पश्चिमबाट भागेका ५० र जुम्लाबाट भागेका ९ जनालाई नियन्त्रणमा लिइएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रदेश प्रहरी प्रमुख डीआईजी माधव श्रेष्ठले उनीहरुको खोजी भइरहेको र सीमा क्षेत्रमा निगरानी भइरहेको बताए । उनका अनुसार रुकुम पश्चिमस्थित कारागारबाट भागेका ३८ र जुम्लाका ३२ जना अझै फरार छन् ।



जेन-जी आन्दोलनको मौका छोपी कारागार तोडफोड गर्दै उनीहरु भागेका थिए ।


कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully