अन्तरिम सरकार गठन विवाद : राष्ट्रपति र सुशीलासँग छलफल सुरु भएन, कार्की निकटसँग छलफल गर्दै राष्ट्रपतिका कानुनी सल्लाहकार

भाद्र २७, २०८२

दुर्गा दुलाल

काठमाडौं — पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको विषयमा शुक्रबारको छलफलमा ढिलाइ भएको छ। बिहान ९ वजेदेखि सुरु हुने भनिएको छलफल अहिलेसम्म सुरु हुन सकेको छैन।

 कार्कीसँगै केही दिनदेखि परामर्श र वार्तामा रहेका ओमप्रकाश अर्यालले सुरुमा राष्ट्रपतिका कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता बाबुराम कुँवरसँग बैठक हुने अनि त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलसँग कार्कीको निर्णायक कुराकानी हुने बताए।


दुर्गा दुलाल दुर्गा दुलाल कान्तिपरका पत्रकार हुन् । उनी कानून, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully