सुर्खेतमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

भाद्र २७, २०८२

तृप्ति शाही

वीरेन्द्रनगर — सुर्खेतमा कर्फ्यु हटाइएको छ । प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले शुक्रबार बिहान साढे १० बजेबाट कर्फ्यु हटाइएको जानकारी दिए । बिहीबार साँझबाट लगाइएको कर्फ्यु हटाएर निषेधाज्ञा भने जारी राखिएको उनले बताए ।

सुब्बाकुनादेखि पश्चिम बाङ्गेसिमलसम्म रत्न राजमार्गको उत्तर क्षेत्र उपत्यका सबै र दक्षिणतर्फ रत्न राजमार्गको ३०० मिटरभित्र कर्फ्यु हटाएर निषेधाज्ञा लागू गरिएको छ । जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था सामान्य रहेको विश्लेषण जिल्ला सुरक्षा समितिको छ ।


तृप्ति शाही शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully