जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार जिल्लाबाट फरार भएका कैदी समेत पक्राउ परेका छन्।
डडेलधुरा — डडेल्धुरा कारागारबाट दुई दिनअघि सामूहिक रूपमा भागेका कैदीबन्दीमध्ये ६१ जनालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार बिहानसम्म ८५ जना फरारमध्ये ६१ जनालाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले विभिन्न स्थानबाट पक्राउ गरी कारागारमा बुझाइसकेको छ।
बुधबार बिहान करिब ८ बजे डडेल्धुराको अमरगढी नगरपालिका–५, कीर्तिपुरस्थित कारागारमा आगजनी र तोडफोड गर्दै ८५ जना कैदी फरार भएका थिए। पक्राउ परेकालाई कारागारमा राखिएको र अहिले कारागारमा १०३ जना कैदीबन्दी रहेको प्रहरीले जनाएको छ। बाँकी फरारको खोजी कार्य जारी छ।
-1757651834-1000x0.jpg&w=1001&h=0)