काठमाडौँ — आज देशका स्थानमा मध्यम र भारी वर्षाको सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ ।
विभागका अनुसार आज देशभर साधारणतया बदली रहनेछ । आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू–भागलगायत लुम्बिनी र सूदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी भू–भागका थोेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
