कहाँ हराए २३ वर्षिय ल्हातार ?

भाद्र २६, २०८२

कान्तिपुर सं‌वाददाता

काठमाडौं — मंगलबारदेखि सम्पर्कमा छैनन बौद्धमा बस्ने हुम्लाका २३ वर्षीय ल्हातार लामा । त्यसदिन काठमाडौंभरी जेन जी पुस्ताको आन्दोलन चर्केको थियो । त्यसैको आडमा ठाउँ ठाउँमा आगजनी पनि भएको थियो ।

लामाका परिवारका सदस्यहरुका अनुसार त्यसदिन उनी गुम्बाबाट निस्केर साथीहरुसँग मिसिएका थिए । अन्तिमपटक उनलाइ साथीहरुसँग बौद्धस्थित भाटभटेनीमा देखिएको थियो । त्यसपछि उनी कसैसँग सम्पर्कमा छैन् । लामाका आफन्ती समेत रहेका लेखक कुन्साङले त्यसदिन बौद्धस्थित भाटभटेनी सुपरमार्केटमा आगो लगाइएकाले उनी त्यही भागाभागमा परे कि भन्ने शंका पनि गरिएको छ । परिवारका सदस्यहरुले बिहीबार पनि भाटभटेनी पुगेर उनलाइ खोज्ने प्रयास गरेका थिए । तर आगो ननिभिसकेकाले प्रयास सम्भव भएन् ।



कुन्साङले कान्तिपुरसँग भनिन, 'हामीले नजिकका अस्पतालतिर पनि खोज्यौं । तर कतै भेटेनौं ।'




कान्तिपुर

Link copied successfully