सबै कारागारबाट कैदीबन्दी भागेको खबर थाहा पाएपछि बाल सुधारगृहमा रहेका बालबन्दीहरू पनि भागेको बालसुधार गृह प्रशासनले जनाएको छ।
नेपालगन्ज — बाँकेको डुडुवामा रहेको जयेन्दु बाल सुधार गृहमा रहेका १२२ जना बालबन्दी भागेका छन्। त्यहाँ २२८ जना बालबन्दी थिए।
सबै कारागारबाट कैदीबन्दी भागेको खबर थाहा पाएपछि बाल सुधार गृहमा रहेका बाल बन्दीहरू पनि भागेको बाल सुधार गृह प्रशासनले जनाएको छ। जिल्लाकै नौबस्तामा रहेको बाल सुधार गृहबाट बालबन्दी भागेको थाहा पाएका जयेन्दुका बालबन्दी पनि गेटको लक तोडेर भागेको जयन्दु बाल सुधार गृहकी प्रमुख प्रमुख विमला काउचा मगरले बताइन्। 'अहिलेसम्म उनीहरूलाई फोन दिएका थिएनौं ' उनले भनिन् ,घरबाट फोन आउँछ भनेर फोन दिएका थियौँ। ' घरबाट जरुरी फोन आउँछ भनेर मोबाइल लगिएपछि विभिन्न ठाउँको समाचार हेरेर बालबन्दी भागेको बुझिएको छ । विगतमा जयेन्दुमा पटक–पटक बालबन्दीबीच झडप हुने गरेको थियो। त्यसपछि १८ वर्ष पुगेकालाई नौबस्ता कारागारमा सारिएको थियो।
