डेटा सेन्टर नजलाउन जेन-जीको आह्वान

सिंहदरबारभीत्र डेटा सेन्टर रहेको हुँदा जोगाउन आवश्यक रहेको जेन-जीको भनाई

भाद्र २४, २०८२

कान्तिपुर संवाददाता

Zen-G's call not to burn down the data center

काठमाडौँ — सिंहदरबार परिसरमा आगजनी नगर्न जेन जी आन्दोलनका सदस्यहरूले आग्रह गरेका छन् । त्यहाँ डेटा सेन्टर रहेको हुँदा जोगाउन आवश्यक रहेको उनीहरूको भनाइ छ ।

सिंहदरबारमा एकीकृत डाटा व्यवस्थापन केन्द्र (राष्ट्रिय सूचना प्रविधि केन्द्र) र हेटौँडामा डिजास्टर रिकभरी सेन्टर रहेकाले तिनमा क्षति नपुर्‍याउन युवाहरूले आहवान गरेका छन् ।

प्रहरी कार्यालय, मालपोत र नापी विभाग, अदालत लगायतमा पनि नागरिकका विवरण, तथ्यांक र दस्तावेज हुने भएकाले आगजनी नगर्न भन्दै उनीहरूले सामाजिक सञ्जालमा सूचना प्रवाह गरेका छन् ।

कान्तिपुर

Link copied successfully