मंगलबार दिउँसो सर्वोच्च अदालत परिसरमा छिरेका प्रदर्शनकारीहरूले सवारीसाधन र भवनमा ठूलो क्षति पुर्याएका छन् ।
काठमाडौँ — जेनजी आन्दोलनमा सहभागीहरूले सर्वोच्च अदालत र महान्मायायाधीवक्ता कार्यालयमा समेत तोडफोड गरेका छन् ।
मंगलबार दिउँसो सर्वोच्च अदालत परिसरमै छिरेका प्रदर्शनकारीहरूले त्यहाँ रहेका सवारीसाधन लगायत भवनमा ठूलो क्षति पुर्याएको सर्वोच्च अदालतका सुचना अधिकारी निराजन पाण्डेले जानकारी दिए ।
