सामाजिक सञ्जाल बन्देज लगाउने निर्णयविरुद्धको रिट दर्ता गरी भोलि नै पेसी राख्न सर्वोच्चको आदेश 

सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले दरपीठ बदर गर्दै रिट भोलि नै पेसी राख्ने गरी आदेश भएको जानकारी दिए ।

भाद्र २४, २०८२

कान्तिपुर संवाददाता

The order of the Supreme Court is to register a writ against the decision to ban social media and keep the payment tomorrow

काठमाडौँ — सर्वोच्च अदालतले सामाजिक सञ्जालमा रोक लगाउने भनि सरकारले गरेको निर्णयविरुद्धको रिट दर्ता गर्न आदेश गरेको छ ।

सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले दरपीठ बदर गर्दै रिट भोलि नै पेसी राख्ने गरी आदेश भएको जानकारी दिए । 

सरकारले १९ गते सामाजिक सञ्जालमा बन्देज लगाएको थियो । त्यसविरुद्ध सर्वोच्च आएका १० थान रिट प्रशासनले दरपीठ दर्ता गर्न अस्विकार गरेको थियो ।

कान्तिपुर

Link copied successfully