डा. गोपाल चौधरीका अनुसार १९ जनाको मृत्यु भएको र अरु शव आउने क्रम जारी रहेको छ। सबै शव आएपछि मात्र पोस्टमार्टम सुरु हुनेछ।
काठमाडौँ — जेनजीले सोमबार गरेको आन्दोलनका क्रममा सरकारले बल प्रयोग गर्दा मृत्यु भएकालाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पुर्याइएको छ ।
त्रिवि शिक्षण अस्पतालका फोरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीले १६ शव पोस्टमार्टमका लागि अस्पताल आइपुगेको जानकारी दिए ।
१९ जनाको मृत्यु भएकाले अरु शव ल्याउनेक्रम जारी रहेको उनले बताए । सबै शव जम्मा भएपछि मात्र पोष्टमार्टम कार्य सुरु गरिने अस्पतालले जनाएको छ ।
प्रहरीले पोस्टमार्टम गर्नका लागि पत्र दिएपछि प्रक्रिया सुरु गरिने चौधरीले बताए ।
अहिलेसम्म आएका शवलाई फिज्रमा राखिएको छ । हिजोको प्रर्दशनका कारण ४ सयभन्दा बढी घाइते र १९ जनाको मृत्यु भएको छ ।
