सांसद पदबाट राजीनामा दिने श्रेष्ठको घोषणा

जेनजी आन्दोलनकारीमाथि भएको सरकारी दमनको विरोध गर्दै सांसद पदबाटद राजीनामा गर्ने श्रेष्ठको घोषणा

भाद्र २४, २०८२

कान्तिपुर संवाददाता

Shrestha's announcement to resign from the post of MP

काठमाडौँ — रास्वपाकी सांसद सुमना श्रेष्ठले सांसद पदबाट राजीनामा दिने घोषणा गरेकी छन् । संसद् सरकारको छाया मात्रै भएको भन्दै सांसद पदबाट राजीनामा गर्ने श्रेष्ठले घोषणा गरेकी हुन् । 

जेनजी आन्दोलनकारीमाथि सरकारले दमन गरेको भन्दै श्रेष्ठले पदबाट राजीनामा गर्ने घोषणा गरेकी हुन् ।

'सांसदको काम भनेको सरकारलाई जवाफदेही बनाउने हो । तर सरकारले जवाफदेहिताको सीमा पार गरिसक्यो । यो अवस्थामा नरसंहारकारी सरकारले दिने बिजनेश सम्हाल्ने काममा सीमित भएको संसद्मा सदस्य भएर बस्न नैतिकताले दिएको छैन,' सांसद श्रेष्ठले भनेकी छन्, 'यसैले सांसद पदबाट राजीनामा दिँदैछु । साथै, जेनजीहरूले सर्वदलीय जस्ता भ्रममा नपरी आफ्नो नेतृत्व दाबी गर्नुहोस् । यहि दलहरूसँगै बसेर देशले निकास पाउँदैन ।'

श्रेष्ठसँगै राजीनामा घोषणा गर्ने रास्वपाका सांसदको संख्या ४ पुगेको छ । यसअघि असिम शाह, डा. तोसिमा कार्की र निशा डाँगीले पदबाट राजीनामा दिने घोषणा गरिसकेका छन् । 

कान्तिपुर

Link copied successfully