जनमत पार्टीको नेतृत्वमा रहेको मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा दिएका छन् ।
जनकपुर — उनलाई मुख्यमन्त्री पदबाट राजीनामा गर्न जनमत पार्टीको अध्यक्ष डा. सिके राउतले निर्देशन दिएका थिए ।
मुख्यमन्त्री सिंहले मंगलबार नै पदबाट राजीनामा गरेका हुन् । कान्तिपुरसँग कुरा गर्दै मुख्यमन्त्री सिंहले पार्टी अध्यक्ष राउतको सल्लाहमै आफू पदबाट राजीनामा गरेको बताए । ‘जनताले नै चुनेर हामीलाई यो ठाउँसम्म पुर्याएको हो, मुख्यमन्त्री सिंहले भने,‘जनताभन्दा ठूलो कोही पनि छैन । जेन–जेडको आन्दोलनमा जुन प्रकारको क्षति भएको छ, त्यसले दुखी बनाएको छ । जनता आक्रोशित छन् ।’
जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई दिइएको समर्थन पनि फिर्ता लिइएको जानकारी दिएका छन् ।
