आन्दोलनकारीबाट कान्तिपुर टीभी र रेडियोमा आगजनी 

कान्तिपुर टिभी र रेडियो कान्तिपुर सञ्चालनमा रहेका भवन कब्जामा लिएर आगजनी गरिएको हो ।

भाद्र २४, २०८२

कान्तिपुर संवाददाता

Protesters set fire to Kantipur TV and Radio

काठमाडौँ — जेनजी आन्दोलनकारीले कान्तिपुर टेलिभिजन र रेडियो कान्तिपुरको कार्यालयमा तोडफोड र आगजनी गरेका छन् ।

मंगलबार दिउँसो प्रदर्शनकारीले कान्तिपुर टिभी र रेडियो रहेको तीनकुनेस्थित भवनमा प्रवेश गरेर आगजनी गरेका हुन् । 

दर्शनकारीले कान्तिपुर टिभी र रेडियो कान्तिपुरको कार्यालय कब्जामा लिएर आगजनी गरेका हुन् ।

टिभी र रेडियो पत्रकार तथा कर्मचारीलाई बाहिर निकालेर प्रदर्शनकारीले आगजनी गरेका हुन् । 

कान्तिपुर

Link copied successfully