प्रधानमन्त्री ओलीको बालकोटस्थित घरमा आगजनी

प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवास बालकोटमा रहेका दुई वटा घरमा आगजनी गरिएको हो ।

भाद्र २४, २०८२

कान्तिपुर संवाददाता

Prime Minister Oli's house in Balkot was set on fire

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवास बालकोटमा आगजनी गरिएको छ । जेनजी प्रदर्शनकारीले ओलीको भक्तपुरको बालकोटस्थित निवासमा आगजनी गरेका हुन् ।

ओलीको निवासमा आगजनी गर्नका लागि प्रदर्शनकारी मंगलबार बिहानैदेखि बालकोट पुगेका थिए । प्रहरीले रोक्दा पनि प्रदर्शनकारी फर्किएका थिएनन् । उनीहरूले ओलीको घरमा आगजनी गरेका हुन् । 

बालकोटमा ओलीका दुईवटा घर थिए । ती घरमा जेनजी प्रदर्शनकारीले आगजनी गरेका हुन् ।

जेनजी आन्दोलनमा मंगलबार प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएको थियो भने चार सयभन्दा बढी घाइते भएका थिए । 

कान्तिपुर

Link copied successfully