आन्दोलनकारीद्वारा पोखरा महानगर कब्जा, तोडफोड र आगजनी

महानगर कार्यालय अघि खटिएका सुरक्षाकर्मी र आन्दोलनकारीबीच झडपका क्रममा सुरक्षाकर्मीलाई हटाएर आन्दोलनकारीले कार्यालय कब्जा गरेका छन्  ।

भाद्र २४, २०८२

कान्तिपुर संवाददाता

Occupy, vandalism and arson of Pokhara metropolis by protestors

पोखरा — आन्दोलनकारीले पोखरा महानगरपालिकाको कार्यालयमा भीषण आगजनी र तोडफोड गरेका छन् ।

महानगर कार्यालय अघि खटिएका सुरक्षाकर्मी र आन्दोलनकारीबीच झडपका क्रममा सुरक्षाकर्मीलाई हटाएर आन्दोलनकारीले कार्यालय कब्जा गरेका छन्  । उनीहरूले महागरभित्रै पसेर तोडफोड र आगजनी गरका छन् । महानगरभित्र रहेका सवारी साधनलाई बाहिर ल्याएर आगजनी गरिएको छ । भित्रै रहेका सवारीसाधन तोडफोड गरिएको छ । महानगरअघि हजारौंको संख्यामा आन्दोलनकारी छन् ।

कान्तिपुर

Link copied successfully