प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले मंगलबार बिहान ९ बजेदेखि बेलुका ९ बजेसम्म कर्फ्यु लागू हुने गरी आदेश जारी गरेका हुन् ।
ललितपुर — जिल्ला प्रशासन कार्यालय ललितपुरले कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले मंगलबार बिहान ९ बजेदेखि बेलुका ९ बजेसम्म कर्फ्यु लागू हुने गरी आदेश जारी गरेका हुन् ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम ललितपुर महानगरपालिका–२, ४, ९, १८ र २५ का विभिन्न क्षेत्रमा कर्फ्यु लागू हुने जनाइएको छ । आदेशअनुसार तोकिएको क्षेत्रमा कुनै पनि किसिमका सभा, जुलुस, प्रदर्शन, भेला, बैठक वा घेराउ गर्न पाइनेछैन ।
कर्फ्यु लाग्ने क्षेत्र
- पूर्वमा भैंसेबाट बुंगमती जाने सडक
- पश्चिममा सिजी हाउजिङ तथा चोभार–गल्छी सडक
- उत्तरमा एकान्तकुनाको गायत्री पेट्रोल पम्पभन्दा तलको विष्णुदेवी मन्दिर,
-दक्षिणमा इटनी जाने ओरालो क्षेत्र
- पूर्वमा सानेपा चोकबाट इन्द्रायणी मन्दिर पक्की सडक
- पश्चिमतर्फ बल्खु पुलदेखि मनमोहन पार्कसम्म बागमती करिडोर सडक
- उत्तरतर्फ चक्रपथ सडककको सर्भिस लेन (बल्खु पुलदेखि सानेपा चोकसम्म) भित्र
- दक्षिणतर्फ इन्द्रायणी मन्दिरबाट बागमती करिडोर जाने पक्की सडक क्षेत्र
- पूर्वमा मनोहरा खोलाको करिडोरको झोलुङ्गे पुल
- पश्चिममा च्यासल खेलमैदान
- उत्तरमा मनोहरा खोला
- दक्षिणमा मल पोखरी जाने बाटो
