स्वास्थ्यमन्त्री पौडेलले दिए राजीनामा 

गृहमन्त्री लेखक, युवा मन्त्री चौधरी र कृषि मन्त्री अधिकारीपछि पौडेलले पनि राजीनामा दिए।

भाद्र २४, २०८२

कान्तिपुर संवाददाता

Health Minister Paudel resigned

काठमाडौँ — जेनजीको आन्दोलन बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले राजीनामा दिएका छन् ।

पौडेलले मंगलबार पदबाट राजीनामा दिएका हुन् । उनी नेपाली कांग्रेसबाट राजीनामा दिने चौथो मन्त्री हुन् ।

यसअघि गृहमन्त्री रमेश लेखक, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र कृषि तथा पशुपंक्षीमन्त्री रामनाथ अधिकारीले राजिनामा दिएका थिए ।

कान्तिपुर

Link copied successfully