दक्षिणकाली गेटबाट प्रदर्शनकारी सिंहदरबार प्रवेश गरेका हुन्
काठमाडौँ — जेनजी प्रदर्शनकारी सिंहदरबार प्रवेश गरेका छन् । उनीहरूले भद्रकालीको गेटबाट सिंहदरबार प्रवेश गरेका हुन् ।
सुरक्षा स्रोतका अनुसार सिंहदरबारमा प्रदर्शनकारीले अहिले तोडफोड गरिरहेका छन् ।
सिंहदरबार नेपालको प्रशासनिक केन्द्र हो । यहाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगै अन्य मन्त्रालय र संसद् सचिवालय रहेको छ ।
