जेन–जी प्रदर्शन: घाइतेमध्ये १९२ जना डिस्चार्ज

स्वास्थ्य मन्त्रालयका अनुसार १९२ जना डिस्चार्ज भएका छन्, अझै विभिन्न अस्पतालमा १६८ जनाको उपचार जारी रहेको छ।

भाद्र २४, २०८२

कान्तिपुर संवाददाता

Gen-G demonstration: 192 of the wounded discharged

काठमाडौँ — सोमबार भएको भ्रष्टचार र अनियमितता विरुद्ध जेन–जीको प्रदर्शनका क्रममा घाइते भएकामध्ये १९२ जना डिस्चार्ज भएका छन् । 

प्रदर्शनका क्रममा प्रहरीको दमनबाट ४२९ जना घाइते भएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार बिहान १० बजे दिएको अपडेटमा १९२ जना डिस्चार्ज भएका हुन् । 

सिभिल अस्पतालबाट ७६, वीर अस्पतालबाट ३, एभरेस्ट अस्पतालबाट ९८, केएमसीबाट ७, अन्नपूर्ण न्यूरोबाट ३ र दमक अस्पतालबाट ५ जना उपचारपछि डिस्चार्ज भएका हुन् । 

यस्तै १६८ जना अझै उपचाररत रहेका छन् । सोमबारको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर काठमाडौंसहित देशभरमा १९ जनाको हत्या भएको थियो । 

Gen-G demonstration: 192 of the wounded discharged

कान्तिपुर

Link copied successfully