डिस्चार्ज भएका घाइतेलाई ट्रमाले घरसम्म नि:शुल्क पुर्‍याउने

भ्रष्टाचार, बेथिति र अनियमितताविरुद्ध जेन–जीहरूको सोमबारको प्रदर्शनमा घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

भाद्र २४, २०८२

कान्तिपुर संवाददाता

Free transport home by trauma to the discharged injured

काठमाडौँ — राष्ट्रिय ट्रमा सेन्टरले आज डिस्चार्ज भएका बिरामीलाई नि:शुल्क घर पुर्‍याउने भएको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजालका अनुसार आन्दोलनमा घाइते लगायत अन्य डिस्चार्ज भएका बिरामीहरू निशुल्क घरसम्म पुर्‍याइने निर्णय गरिएको हो ।

‘कर्फ्युका कारण आज डिस्चार्ज हुने सबै बिरामीलाई नि:शुल्क घरमै पुर्‍याइदिने निर्णय गरेका छौँ,’ उनले भने । 

भ्रष्टाचार, बेथिति र अनियमितताविरुद्ध जेन–जीहरूको सोमबारको प्रदर्शनमा घाइते भएकाहरूको काठमाडौंको विभिन्न अस्पतालसँगै ट्रमामा पनि उपचार भइरहेको छ । उक्त प्रदर्शनमा १९ जनाले ज्यान गुमाएका छन् । 

कान्तिपुर

Link copied successfully