सोमबारको जेन–जी प्रदर्शनले उत्पन्न परिस्थिका बारेमा छलफलका लागि संसद्मा रहेका विपक्षी दलहरूको बैठक बोलाइएको माओवादी अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जनाएको छ ।
काठमाडौँ — प्रमुख प्रतिपक्षी दलका अध्यक्ष पुष्पकमल दाहालले जेनजीकव प्रदर्शनमा सरकारले गरेको हस्तक्षेपका विषयमा छलफल गर्न विपक्षी दलहरूको बैठक बोलाएका छन् । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक बोलाइएको हो ।
सोमबारको जेन–जी प्रदर्शनले उत्पन्न परिस्थितिका बारेमा छलफलका लागि बैठक बोलाइएको माओवादी अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
बैठक बिहान साढे ८ बजेदेखि सुरु हुनेछ । बैठकमा विपक्षी दलका नेताहरूलाई बोलाइएको हो ।
