देउवा निवासमा प्रवेशको प्रयास गर्दै प्रदर्शनकारी

सत्तारुढ पार्टीका सभापति देउवाको निवासमा प्रवेश गर्न खोज्ने प्रदर्शनकारीलाई रोक्न प्रहरी र सशस्त्र प्रहरी सक्रिय छन्।

भाद्र २४, २०८२

कान्तिपुर संवाददाता

Demonstrators trying to enter the Deuba residence

काठमाडौँ — जेनजी प्रदर्शनकारी कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजू राणा देउवाको निवासमा प्रवेशको प्रयास गरिरहेका छन् ।

उनीहरू मंगलबार बिहानैदेखि देउवा निवासमा प्रवेशको प्रयासमा रहेका हुन् । 

प्रदर्शनकारीको निशानामा सत्तारुढ पार्टीका सभापति देउवा परेका हुन् । प्रदर्शनकारीलाई देउवा निवास प्रवेशबाट रोक्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रयास गरिरहेको छ ।

प्रदर्शनकारीले देउवा निवास प्रवेश गर्ने मार्गमा टायर बालेर नाराबाजी गरिरहेका छन् । 

कान्तिपुर

Link copied successfully