मंगलबार दिउँसो कर्फ्यूको उल्लङ्घन गर्दै प्रदर्शनकारी संसद् भवनभित्र प्रवेश गरेका छन्, जसले सुरक्षा चुनौतीमा वृद्धि गरेको छ।
काठमाडौँ — प्रदर्शनकारी संघीय संसद् भवन नयाँ बानेश्वर प्रवेश गरेका छन् । उनीहरूले संसद् भवनभित्र तोडफोड र आगजनी गरिरहेका छन् ।
मंगलबार दिउँसो प्रदर्शनकारी संसद् भवनभित्र प्रवेश गरेका हुन् । कर्फ्यू आदेशका बीच प्रदर्शनकारी संसद् भवन प्रवेश गरेका हुन् ।
