बाराकाे कलैया क्षेत्र र वीरगन्जकाे गण्डकदेखि पथलैयासम्मकाे क्षेत्रमा कर्फ्यु

कलैयामा जिल्ला सरकारी वकिल कार्यालय, एमाले, कांग्रेस, जनता समाजवादी पार्टीलगायतमा ताेडफाेड र आगजनीसँगै स्थिति तनावग्रस्त भएपछि कलैया क्षेत्र र गण्डक परवानीपुरदेखि पथलैयासम्म कर्फ्यु जारी गरिएकाे छ ।

भाद्र २४, २०८२

लक्ष्मी साह

Curfew in Kalaiya area of ​​Bara and from Gandak to Pathlaiya area of ​​Virganj

बारा — जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी प्रकाश पाैडेलले सूचना जारी गरी अहिले मंगलबार दुई बजेदेखि राति ८ बजेसम्म कर्फ्यु आदेश जारी गरेका हुन् ।

कलैयाकाे पूर्वमा पसाहा खाला पश्चिममा गण्डक, उतरमा बडहर्वा र दक्षिणमा दुर्गा मावि बरेवासम्मकाे क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएकाे हाे ।

यस्तै, वीरगन्ज छेउकाे गण्डक नहर परवानीपुरदेखि पथलैयासम्मकाे राजमार्गकाे २ सय मिटर वरिपरि कर्फ्यु आदेश जारी भएकाे हाे । कलैयामा प्रदर्शन चर्किएसँगै ताेडफाेड र आगजनी भएपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेकाे छ । एमाले पार्टी कार्यालय नजिक अश्रु ग्यास प्रहार गरिएकाे हाे ।

लक्ष्मी साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Link copied successfully