देश सभाभित्र ठूलो संख्यामा प्रदर्शनकारी प्रवेश गरेर आफ्नो नियन्त्रणमा लिएका छन् ।
जनकपुर — प्रदर्शनकारीले जनकपुरमा रहेको मधेश प्रदेश सभाभित्र प्रवेश गरेर आगजानी गरेका छन् । प्रदेश सभाभित्र ठूलो संख्यामा प्रदर्शनकारी प्रवेश गरेर आफ्नो नियन्त्रणमा लिएका छन् ।
प्रदर्शनकारीले मधेश प्रदेश सरकारको जनकपुरस्थित मुख्यालय, राजनीति दलका नेताका घर र राजनीति दलको कार्यालय केन्द्रित आन्दोलन चर्काएपछि जनकपुरमा पनि कर्फ्यु आदेश जारी गरिएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जारी गरेको कर्फ्यु आदेशमा मंगलबार ३ बजेदेखि अर्को आदेश नभएसम्म कर्फ्यु लगाइएको जनाएको छ । त्यो समयमा भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न नपाउने उनले जनाएका छन् ।
