कर्फ्यु जारी भएपछि राजधानीमा थपियो सुरक्षाकर्मी

जेन-जीको अगुवाइमा सोमबार भएको प्रदर्शनमा बर्बर दमन गरेपछि बल्ल सुरक्षाकर्मी संख्या थपिएको हो ।

भाद्र २४, २०८२

कान्तिपुर संवाददाता

After the curfew was issued, security personnel were added to the capital

काठमाडौँ — राजधानीमा कर्फ्यु जारी भएपछि काठमाडौं प्रशासनले वरिपरिका जिल्लाबाट थप सुरक्षाकर्मी मगाएको छ ।

जेन-जीको अगुवाइमा सोमबार भएको प्रदर्शनमा बर्बर दमन गरेपछि बल्ल सुरक्षाकर्मी संख्या थपिएको हो । 

कर्फ्युको परवाह नगरी दमनविरुद्ध युवाहरु सडकमा उत्रिएका छन् । प्रशासनले धरपकड सुरु गरेको छ । उपत्यकाका विभिन्न स्थानबाट मानिस पक्राउ पर्न थालेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully