यी हुन् कर्फ्यू जारी भएका चार क्षेत्र

कर्फ्यू लागेको क्षेत्रमा कसैले पनि आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको छ।

भाद्र २३, २०८२

कान्तिपुर संवाददाता

These are the four areas where curfew has been issued

काठमाडौँ — जेन-जीको विरोध प्रदर्शनका कारण बानेश्वर क्षेत्र तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू जारी गरेको छ।

सोमबार अपरान्ह १२:३० बजेदेखि राति १० बजेसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क बमोजिम प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले कर्फ्यू आदेश जारी गरेका हुन्। 

यी हुन् कर्फ्यू आदेश जारी भएको क्षेत्र

१. बानेश्वर चोकदेखी पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म,

२. बानेश्वर चोकदेखी पूर्व मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म,

३. बानेश्वर चोकदेखी उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म,

४. बानेश्वर चोकदेखी दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म

These are the four areas where curfew has been issued

कान्तिपुर

Link copied successfully