जेन-जीको प्रदर्शनमा प्रहरी दमन : के गर्दै छ मानव अधिकार आयोग ?

आयोगको टोली भने फिल्डमै खटिएर मानव अधिकारको अवस्था अनुगमन गरिरहेको आयोगका प्रवक्ता टिकाराम पोखरेलले बताए ।

भाद्र २३, २०८२

कान्तिपुर संवाददाता

Police suppression of Jen-G's demonstration: What is the Human Rights Commission doing?

काठमाडौँ — जेन-जी पुस्ताले गरेको आन्दोलनमा सरकारले अध्याधिक बल प्रयोग गर्दा पनि मानव अधिकार आयोग भने मौन छ। मानव अधिकार हनन्‌का घटनामा अनुगमन गर्ने निकाय किन मौन भनेर प्रश्न उठेको छ। तर आयोगले सोमबार अपरान्हसम्म पनि कुनै प्रतिक्रिया जनाएको छैन।

आयोगको टोली भने फिल्डमै खटिएर मानव अधिकारको अवस्था अनुगमन गरिरहेको आयोगका प्रवक्ता टिकाराम पोखरेलले बताए ।

उनको अनुसार आयोगको टोली आफैँ आक्रमणमा परेका छन्। बानेश्वरमा भइरहेको प्रदर्शनका क्रममा आयोगको  सवारी साधन र अनुगमनमा खटिएका मानव अधिकार रक्षकहरुमाथि पनि आक्रमण भएको र उनीहरुको रेस्क्यू चलिरहेको उनले जानकारी दिए । ‘आयोगबाट खटिएको एउटा टोली फिल्डबाट फर्केको छ र अर्को टोली गएको छ । तर प्रदर्शनस्थलमा आयोगका रक्षकहरु नै घाइते भएका छन् ’ पोखरेलले भने, ‘उनीहरुको उद्दारमा छौँ । दिनभरको अनुगमन प्रतिवेदन केही बेरमा सार्वजनिक गर्छौ ।’

भ्रष्टाचार अनि सामाजिक सञ्जालमा रोक लगाएको विरोधमा जेएनजी पुस्ताले विरोध प्रदर्शन गरेका थिए त्यस क्रममा सरकारका तर्फवाट बल प्रयोग हुदै गोली समेत चलेको थियो । गोली लागेर हालसम्म १० जनाको मृत्यू भएको छ ।

लाइभ अपडेटका लागि : कर्फ्यु लागे पनि रोकिएन प्रदर्शन, १० जनाको मृत्यु

कान्तिपुर

Link copied successfully