प्रहरीको आन्तरिक सर्कुलर : प्रदर्शनमा कम्तीमा १२ हजार जेन-जी

कुनै अप्रिय घटना नहोस् भनेर सुरक्षा संयन्त्र मजबुत बनाइएको प्रहरी अधिकारीले बताएका छन् ।

भाद्र २३, २०८२

कान्तिपुर संवाददाता

Internal Police Circular: At least 12,000 Gen-Gs on display

काठमाडौँ — भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा ठूलो संख्यामा जेन-जी काठमाडौंमा उत्रिएका छन् । बिहान माइतीघरमा भेला भएका उनीहरु बानेश्वरको निषेधित क्षेत्र नजिक पुगेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंमा प्रमुख एसएसपी विश्व अधिकारीले कम्तीमा ४ हजारको संख्यामा युवाहरु भेला भएको बताएका छन् ।

तर, गृह मन्त्रालयका एक अधिकारीका अनुसार कम्तीमा १२ हजार जेनजी भेला भएको जानकारी प्रहरीले पठाएको छ । त्यहीअनुसार सुरक्षा व्यवस्था मिलाउन सर्कुलर जारी भएको एक अधिकारीले बताए ।

प्रदर्शनका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।  'कुनै अप्रिय घटना नहोस् भनेर सुरक्षा संयन्त्र मजबुत बनाइएको छ,' अधिकारीले भने, 'उहाँहरुलाई आफ्ना माग राख्न कुनै अवरोध गर्नेछैनौं ।'

कान्तिपुर

Link copied successfully