बानेश्वरमा जेन-जीले तोडे निषेधित क्षेत्र, प्रहरीद्वारा पानीको फोहरा प्रहार

प्रहरीले ब्यारीकेड राखेर निषेधित क्षेत्र छुट्याएको थियो। तर प्रदर्शनकारीहरूले धकेलाधकेल गर्नेक्रममा ब्यारीकेड तोडेका हुन्।

भाद्र २३, २०८२

विवेक पोख्रेल

Gen-G breaks restricted area in Baneshwar, water fountain shot by police

काठमाडौँ — भ्रष्ट्राचार र सामाजिक प्रतिबन्धको विरोधमा प्रदर्शनमा उत्रिएका जेन-जीले बानेश्वरतर्फको निषेधित क्षेत्र तोडेका छन्। यहाँ प्रहरीले ब्यारीकेड राखेर निषेधित क्षेत्र छुट्याएको थियो। तर प्रदर्शनकारीहरूले धकेलाधकेल गर्नेक्रममा ब्यारीकेड तोडेका हुन्। भीड नियन्त्रण गर्न प्रहरीले पानीको फोहरा प्रहार गरेको छ।

त्यसक्रममा प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल भएको छ भने उनीहरूले प्रहरीलाई कागज, सडकमा भेटिएका रुखका हाँगाका टुक्रा, पानीका बोत्तलले प्रहार गरेका छन्। प्रदर्शनकारीहरूले सरकारविरुद्व विभिन्न नाराबाजी गरिरहेका छन् ।

प्रदर्शनकारीहरू संसद् भवनतिर अघि बढेको छ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully